जस्तो छ त्यसमा सन्तुष्टि गर्नुनै धन हो
धेरै माग गर्नु त महासय भिखारीपन हो ।
उ त्यति धेरै घमण्डी फकिर भएको छ
थाहाछैन उसलाई वास्तविक उल्झन हो ।
सोध्यो सबै चिज दाउमा राख्न सक्नुहुन्छ ?
हजुर चानचुने नसम्झिनुस् यो मेरो मन हो ।
शब्दको सतह तल ध्यान दिनपर्थ्यो के छ
न भाव छ न मौन त्यो मुखरको कथन हो ।
मृत्युुले सधैंभरि संघर्ष गरिरहेको छ भने
बिचार गर्नुस् मृत्युको भुमिका जीवन हो ।
भरतपुर, चितवन