लकडाउनको दोस्रो दिन : काठमाडौं झनै सुनसान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं
तस्वीर : रासस

लकडाउनको दोस्रो दिन आज  बुधबार काठमाडौंमा हिजोभन्दा झनै सुनसान देखिएको छ । सरकारले लकडाउनको निर्देशन पालना गराउनका लागि थप कडाइको नीति अख्तियार गरेको छ भने सर्वसाधारण पनि सरकारको आह्वानलाई पालना गर्दै घरमा नै बसेका कारण  आज राजधानी काठमाडौंका सडक झनै सुनसान देखिएका छन् ।

बजारमा मानिसको चहलपहल शून्य छ, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय लागि परेका छन् ।

तपाईको प्रतिक्रिया