शैलुङमा पनि ८ शैय्याको आइसोलेसन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सैलुङ, दोलखा

विश्वभरि फैलिएको महामारी कोरोना कोभिड- १९ संक्रमणलाई मध्यनजर गरी दोलखाको शैलुङ गाउँपालिकाले पनि आइसोलेसन कक्ष निर्माण गरेको छ ।

गाउँपालिका केन्द्रमा ८ शैय्याको आइसोलेसन निर्माण गरेको पालिका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।

कोरोनाविरुद्ध हाम्रो अभियानका साथ गाउँपालिकामा भाइरस फैलिन नदिन यो आइसोलेसन स्थापना गरेको हो ।

आफ्नो टोल बस्तीमा साबुन पानीले हात धुने व्यवस्थापन गर्न चाहनेलाई गाउँपालिकाले पानी ट्यांकी समेत उपलब्ध गर्ने जनाएको छ ।

पालिकाको छैटौँ गाउँसभाबाट १५ लाख रकम विनियोजन गरिएको छ । अध्यक्ष दुलालले भने, ‘ पालिका अध्यक्ष र सवै वडाध्यक्षको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ ।’

पालिकामा रहेका १२ वटा स्वास्थ्य संस्थामा आधारभुत औषधी पु¥याई सकेको छ । पालिकामा एउटा एम्बुलेन्स समेत तयारी अवस्थामा रहेको पालिका उपाध्यक्ष लालमाया योन्जनले बताइन् ।

तपाईको प्रतिक्रिया