चलचित्र संरक्षण मन्चको आग्रह

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

चलचित्र संरक्षण मन्च नेपालका महासचिव तथा चलचित्र निर्देशक बिश्वदीप घिमिरेले राज्यले उचित आपूर्ति अथवा खाद्य सामग्री उपलब्ध गरिदिन हुन सबैमा आग्रह गरेका छन् ।

उनले हालको लकडाउनको अवस्थामा सडकमा आश्रय लिएर बस्ने श्रमिक मजदुरहरु भोंकभोकै परिने देखिएकाले उनीहरूको लागि राज्य उचित व्यवस्था गर्न जरुरी रहेको बताए ।

उनले वक्तव्य मार्फÞत् कोभिड- १९ कोरोनाबाट बच्नका लागि अपरिचित ब्यक्ति, पशुपन्छी छोएमा सावुन पानीले हात धुने वा सेनिटाईजर प्रयोग गरि सुरक्षित रहन समेत अनुरोध गरेको छ ।

कोभिड- १९ संक्रमण लम्विएमा काम गरेर गुजारा चलाउने मानिसहरुको ध्यानलाई मध्यनजर गरी सरकारले चाँडो ध्यान दिनु जरुरी रहेको औल्याए ।

वातावरण स्वच्छ भए प्रकृति स्वच्छ हुन्छ, प्रकृति स्वच्छ भए पृथ्वी स्वच्छ हुन्छ, पृथ्वी स्वच्छ भएमात्र हामी निरोगी रहन सक्छौ । आफु पनि बाचौं , अरूलाई पनि बचाऔंका नाराका साथ यस्तो अवस्थामा सबैले आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया