बिदेशबाट आएका घरमै क्वारेन्टाइन, लकडाउन अवज्ञा गर्ने ३१ सवारीसाधन नियन्त्रण

चौदण्डिगढी, उदयपुर

उदयपुरका चौदण्डिगढी नगरपालिकाका केन्द्र बेल्टार बजारमा लकडाउनका असर आज दोश्रो दिन पूर्णरूपले छाएका छन् ।

लकडाउनका कारण बजार पूर्णरूपले बन्द छन्, भने स्थानीयहरू आवजत पूर्णरूपमा बन्द रहेको थियो । हिजो र आज गरी लकडाउनका उल्लंघन गर्ने ३१ वटा सवारीसाधान प्रहरीका नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यल बेल्टारका प्रमुख बुद्धीराम चौलागाईंले जानकारी दिए ।

कोरोनाका खतरालाई नियन्त्रणमा राख्न नगर प्रमुख खगेन्द्र राई, जनप्रतिनिधिहरु, स्वस्थ्यकर्मी, प्रहरी र सशस्त्र प्रहरी सहयोगमा नगर भरी वैदेशिक रोजगारबाट आएकाहरुलाई घरमै क्वारेण्टाइनमा राखिएका छन् ।

नगर प्रमुख राई, जनप्रतिनिधि र प्रहारीका सम्मन्वयमा चौदण्डीगढी नगरपालिकाले कोरोना संक्रमणलाई मध्येनजर गर्दै ८ वटा आइसोलेसन वेड तयार गरेको छ । साथै नगरपालिकाका सहयोगमा वडा नं. ४मा ४ वटा, वडा नं. ५मा २ वटा, वडा नं. ९मा ६ वटा र वडा नं. १०मा ५ वटा आइसोलेसन वेड तयार गरिएका छन् ।

सम्बन्धित समाचार 

चौदण्डिगढीमा लकडाउनको सामान्य असर

कोरोना संक्रमण रोक्न घरघरमा माक्स बाँड्ने

तपाईको प्रतिक्रिया