साउदीबाट तीन महिलाको उद्धार

साउदी, जेद्धा

साउदीको जेद्दाबाट ३ जना महिलाको उद्धार गरी नेपाली पठाएको छ । महिलाहरू आइतबार ओमान एयरलाइन्सको स्थानीय समय अनुसार बिहानको २:३० बजेको उडानबाट नेपाल पठाएको जनाप्रगतिशील मोर्चा जेद्दाका इन्चार्ज कैलाश मैनालीले जानकारी दिए ।

मोर्चाले जेद्धामा रहेको दूतावासको सहयोगमा पीडितहरुलाई उद्धार गरिएका हुन् । पीडितहरुका बारेमा इजरायलमा रहेकी शरिन तामाङले सामाजिक सञ्जालबाट जानकारी गरेको मैनालीले बताए । मैनालीका अनुसार पीडितहरुलाई यसअघि साझ मञ्चले समेत उद्धारको कोसिस गरेका थिए ।

उद्धार भएकीहरू दोलखा भिमेश्वर नगरपालिका- ८, की पशुपति कार्की, गोर्खा आरुघाट गाउँपालिका-१, की शर्मिला गुरुङ र धादिङ थार्के गाउँपालिका-७ घर भएकी प्रमिला तामाङ रहेकी छिन् ।

पीडितहरू जेद्दास्थित रहेको सेस्न्टिफिक एन्ड मेफिकल इक्युपमेन्ट हाउस  नाम गरेको कम्पनीका लागि झण्डै एक वर्षअघि काठमाडौको शान्तिनगरमा रहेको गूड सर्भिस इन्टरनेसनल मेनपावरबाट साउदी आएका बताइन् ।

पीडितहरुका अनुसार तोकिए बमोजिम सेवा सुविधा नदिएको र पछिल्लो ३ महिना यता आफूहरू बिरामी हुँदा समेत कम्पनीले वास्त नगरेपछि सम्बन्धित निकाय र अभियान्तहरुसँग हारगुहार मागेकी बताइन् ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका