युरोपमा २ लाख ५० हजार जनालाई कोरोना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
स्पेन

युरोपमा बिहीवारसम्म २ लाख ५० हजार जनालाई कोरोनाभाइरसको संक्रमण भएका छन्  ।

युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संगठनका अनुसार स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भइसकेका छन् , भने ५६ हजार १ सय ८८ जना संक्रमित भएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको मृत्यु भएका छन्  । यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएका थिए । स्पेनमा मार्च १३ देखि संकटकाल र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण स्पेनमा भन्दा बढी इटलीमा देखिएको छ ।

इटलीमा अहिलेसम्म ७० हजार जना संक्रमित भएका छन् , भने ७ हजार भन्दा बढिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो विवरण अनुसार संसारभर ४ लाख ९१ हजार २ सय ५३ जना संक्रमित भएका छन् , भने २२ हजार १६५ जनाको मृत्यु भएका छन् ।

कोरोना भाइरसको संक्रमण भएर पनि १ लाख १८ हजार ६० जना निकौ भएर घर फर्किसकेका छन् । बिरामी अवस्थामै रहेका ३ लाख ३३ हजार २५९ जना अर्थात् ९५ प्रतिशत विरामीको अवस्था सामान्य रहेका छन् , भने १७ हजार ७६९ अर्थात् पाँच प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया