लकडाउनमा बौद्ध (फोटोफिचर)

सन्तोष योन्जन तामाङ
सन्तोष योन्जन तामाङ
काठमाडाैं

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सरकारले मंगलबारदेखि लकडाउन गरेपछि काठमाडौंलगायत देशैभरका बजार क्षेत्रहरु सुनसान बनेको छ । सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्दै मानिसहरु घरभित्रै बसिरहेका छन् ।

लकडाउनको तेस्रो दिन आज बौद्ध स्तुप र त्यस वरपरका चैत्यलगायत गुम्बाहर सुनसान देखिएका छन् । सुरक्षाका लागि बौद्ध क्षेत्रमा प्रहरीहरु बसेका छन् भने बौद्ध वरिपरिका पसल पूर्ण रुपमा बन्द छन् । बजारमा मानिसको चहलपहल शून्य छ, सडकमा कुनै पनि सवारीसाधनको आवतजावत छैन ।

सरकारले लकडाउनको निर्देशन पालना गराउनका लागि थप कडाइको नीति अख्तियार गरेको छ । सरकारको निर्देशन पालना गर्दै सर्वसाधारण घरमै बसेका कारण बिहीबार काठमाडौंका सडक झनै सुनसान देखिएका छन् ।

तपाईको प्रतिक्रिया