संघीय लिम्बुवान सामाजिक मञ्च कतारको तेश्रो महाधिवेशन सम्पन्न भएको छ । मञ्चको महाधिवेशन शुक्रबार ५ जुलाईमा अलडल्ला ड्राइभिङ स्कुलमा सम्पन्न भएको हो ।
महाधिवेशनबाट रेखा राईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरू सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ, महासचिव नगेन पाक्सावा, उपमहासचिवद्धय देवी प्रसाद आङदेम्बे, सुजन पराहाङ लिम्बु, सचिवमा होम खेसेहाङ फियाक, अर्थसचिव कुमार सिंह योङहाङ, सहअर्थससचिवमा महेश राई चुनिएका हुन् ।
सदस्यहरु क्रमशः विनिता राई, ललित सन्यक्पा लिम्बु, मेघराज इजम, खगेन्द्र नेम्बाङ, अमृत कुरुम्बाङ, भूमिराज योङहाङ लिम्बु, संयोग योङहाङ लिम्बु, मोहन याक्केक योङहाङ, श्रीहाङ जबेगु लिम्बु, बुद्ध लक्सम्बा, अमिर लावती लिम्बु, मिथुन प्रसाद लिम्बु, सुनिता चेम्जोङ, मञ्जु सावाँ, सुजता लावती, मौसम लिङदम, हर्क खजुम, दिपेन चम्जोङ, रुपा लिम्बु चेम्जोङ `ए´, रिता कुमारी आङदेम्बे, राज रुचाल, विष्णु ताम्लीङ, देऊ प्रसाद आङदेम्बे चुनिएका छन् ।
त्यसैगरी याम बहादुर काङबा, मोहन केदेम, भिम पराहाङ, रुद्रप्रसाद तामाङ, रविन कुरुम्बाङ, तुलसी मिभक, रुपा चेम्जोङ `वि´, सजता लावती, डिकलाल लिम्बु, रविन विश्वकर्मा, देऊ बहादुर सम्बाहाङफे, प्रकाश हाङगाम, हेम लिबाङ, मिलन बहादुर तुम्सा, रण बहादुर लिबाङ, विशाल लिम्बु, महन केदेम र नविन धामी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन `मिराक´ले नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिए । उनले थपे- प्रवासमा रहेर कार्य व्यस्तताका बाबजुद संगठनलाई आफ्नो अमूल्य समय दिई योगदान गरेकोमा आभारी छौ ।
समारोहमा एनआरएनए कतारका सदस्य विमल सुबेदी, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, प्रवासी मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशील मञ्चका संयोजक रकमध्वज राई, संघीय समाजका अध्यक्ष हिराधन राई, कतार नेपाली एकता समाजका उपाध्यक्ष धनबहादुर विक, लिम्बुवान महिला मञ्चका अध्यक्ष विनिता राई, अदिवासी जनजाती महासंघ कतारका प्रथम उपाध्यक्ष पुरुषोतम सुनुवार, नेपाली महिला समाजकी कार्यवहाक अध्यक्ष अमिना खान, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष महमद मुक्तादा, संखुवासभा समाजका अध्यक्ष लोक बहादुर राई, ग्रुप अलखोरका कोषाध्यक्ष राज रुचाल, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङखाम उपस्थित रहेका थिए ।
त्यसैगरी तामाङ समाज कतारकी उपाध्यक्ष कुमारी तामाङ, थारु कल्याणकारी सभा च्याप्टरका सभापति श्यामलाल चौधरी, प्रवासी भुजेल सेवाका अध्यक्ष मिलन भुजेल, तामाङ घेदुङ कतारका अध्यक्ष योगेन्द्र तामाङ, खसक्षेत्री सेवा समाजका प्रवक्ता सन्तोस क्षेत्री, बागलुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, अडल्ला ड्राइभिङका हल म्यानेजर सलिमखान, इलाम सेवा समाजका अध्यक्ष सन्तोष वान्तावा, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बु, मोरङ सुनसरी सेवा समाजका सचिव नियम भुजेल, सिन्धुली सेवा समाजका उपाध्यक्ष निरबहादुर सुनुवार, पर्वत युवा समाजका अध्यक्ष सविन्द्र श्रेष्ट, व्यावसायी तथा समाजसवी रेणु कार्की, कास्की आर्दश सेवा समाजका अध्यक्ष विश्वबन्धु थापा, दलित एकता समाजका अध्यक्ष किरण परियार, महिला समाजसेवी पुष्पा बस्नेत,पाल्पाली सेवा समाजका अध्यक्ष महल क्षेत्री, अर्घाखाची सेवा समाजका महासचवि वालाराम पाण्डे, गुल्मी सेवासमाजका अध्यक्ष अविन्द्र आर्चाय, प्रदेश नं. ३ समन्वय समितिका अध्यक्ष समिर केसी, स्याङजा सहयोग समाजका अध्यक्ष अजमद अलि, मोना म्याग्दीका अध्यक्ष तिलु शर्मा पौडेल लगायत उपस्थिति रहेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरु अमृत कुरुम्बाङ, राज गुरुङ, उर्मिला लामा, विविसा लुइटेल, गणेश दर्नाल, संगिता धल्लान, दिनेश गुरुङ, मौसम लिङदम, रुपा चेम्जोङ, देउ प्रकाश आङदेम्बे, सुजता लावती, सुरेश आङदेम्बे, रिना “जेनि” आङदेम्बे, देउ बहादुर सम्बाहाङफे, पुर्णिमा योङहाङ, सुनिता चेम्जोङ, शिसाल लिम्बु, खगेन्द्र लिम्बु लगायतले बेजोड प्रस्तुत गरेका थिए ।