कोरोना भाईरस रोकथामका लागी सरकारले जारि गरेको लकडाउन उल्लंघन गरेर मदिरा बिक्री गर्ने र सेवन गर्नेहरुलाई निजगढबाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले सोमबार मदिरा बिक्री गर्ने र सेवन गरेर होहल्ला गर्ने ४ जनालाई नियन्त्रणमा लिएका हुन् ।
उनीहरुलाई वडा नम्बर ९ बकैयाबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियाले बताए ।
पक्राउ पर्नेमा मदिरा बिक्रि गर्ने वडा नम्बर ९ बकैयाकी ३८ वर्षीय सिता श्रेष्ठ र मदिरा सेवन गरेर होहल्ला गर्ने सोहि स्थानका ३५ वर्षीय पुष्कल रोक्का, सन्तोष सुनार र वडा नम्बर ८ खयरघारीका ३२ वर्षीय प्रकाश राई रहेको प्रहरी निरीक्षक थपलियाले बताए । पक्राउ परेका चारै जना ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकाछन ।
लकडाउनकाको समयमा पनि निजगढका चिया पसल र मदिरा बिक्रि वितरण गर्ने पसलहरु अटेर गरेर खोल्ने गरिएपछी प्रहरीले कडाई गर्न थालेका छन् । दिउसो लकडाउनको प्रभाव राम्रो रहे पनि साँझको समयमा भने मानिसहरु घर बाहिर निस्कने गरेका छन ।