प्रचण्डविरुद्ध अझै आपत्ति, क-कसले के के भने ?

दुईजनाले मुद्धा हाल्ने

काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई हप्ताअघि भरतपुरको नगरसभामा प्रस्तुत गरिएको अभिव्यक्तिप्रति समुदायले अझै आपत्ति जनाइरहेको छ ।

तामाङ समुदायका संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, अगुवा, लेखक, अभियन्ता लगायतले आपत्ति जनाइरहेका छन् । यसै सन्दर्भमा प्रतिक्रिया लिने क्रममा यस्तो जवाफ आएका छन् ।

व्यक्तित्व प्रतिक्रिया

एउटा समुदायलाई मात्रै नभई समग्र महिलामाथि हेर्ने दृष्टिकोण शंकास्पद रहेको देखिन्छ । संघीय सांसद शान्ति पाख्रिनले भनिन्, यसर्थ प्रचण्डज्यूले नैतिकताको आधारमा पदीय राजीनामा दिनुपर्नेछ ।

प्रदेश नं. ३ का सांसद कल्पना नेपालीले समावेशी गणतान्त्रिक मुलुकको घोर अपमान भएको छ । उनले समग्र महिलामा हेर्ने दृष्टिकोण आपतिजनक भएकोले प्रचण्डज्यूले तत्काल माफी माग्नुपर्ने बताइन् ।

यसैगरी राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले त्यो तहको नेताले उदाहरण दिँदाखेरी सतर्कता नअपनाउनु र भाषिक शिष्टता चुकाएर समुदायमाथि होच्याउनु आपतिजनक रहेको बताए ।

जनस्वास्थ्यविज्ञ डा. लक्ष्मी तामाङले भनिन्, ब्राह्मणबादी मनोवादकोे उपज प्रचण्डको अभिव्यक्ति आएको हो । यसर्थ प्रचण्डले माफी माग्नुपर्ने डा. तामाङले बताइन् ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य कृष्णकुमार घलानले आपत्ति जनाउदै पहिलादेखि अहिलेसम्मका शासक बर्गले तामाङ जातिलाई बेचिने, मासिने वर्गमा राख्नाले नै तामाङ पछि पर्न गएको हो । त्यसैले यो जातीय मात्र नभएर वर्गीय समस्या हुन गएको हो । जुन तामाङ चेलीमाथि आएको अभिव्यक्तिले प्रष्ट पारेको हुँदा प्रचण्डले तुरुन्त माफी माग्नुपर्छ ।

बरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाले स्टाटस लेख्दै प्रचण्डमाथि प्रश्न गरेका छन् । यो कस्तो अभिब्यक्ति दिनु भएको प्रचण्ड ज्यु ? कस्तो ? हुनत बिप्लवले भन्नुभएको भन्नु भा’छ ! तर पनि किन यसरी उदाहरणको रुपमा अरुको भनाइलाई ल्याउनु भएको हो ?

१. हिजो देशमा प्रजातन्त्रको पुनःबहालीको लागि अनि निरङ्कुश सरकारलाई हटाउन तामाङ जातिको योगदान थिएन र ?
२. तपाईले नेतृत्व गरेको पार्टीमा तपाईलाई साथ दिन तामाङहरु थिएनन् ? र अनि छैनन् अझै पनि ??
३. के हाम्रो तामाङ जातिका चेलिबेटी मात्र मुम्बईमा बेचिएका हुन् ?
४. यसरी उदाहरण बनाएर बोल्नुभन्दा त्यस्ता नारकीय ठाउँबाट हाम्रा चेलिबेटीहरुलाई उद्धार गर्ने नीति ल्याए कसो होला ?
५. तामाङ भन्नुभन्दा हाम्रा चेलिबेटीहरु भनेर भन्नु मिल्दैन थियो र ?

आज त्यो तामाङको सट्टामा अरु कुनै जातको नाम लिनु भएको भएपनि यसरी नै असन्तुष्टी पाउनु हुन्थ्यो कमरेड ! किन जातीय कुरामा मात्र अडान सबैको? हामी सबै नेपाली हैनौ र ? जय चन्द्र सुर्य !!

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीले बहुजातीय, बहुभाषिक मुलुकमा कोही कसैलाई अपमान र आघात हुने गरी अभिव्यक्ति दिनुभन्दा उनीहरुलाई सम्मान गर्नुपर्ने बताए ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सचिव रामचन्द्र बल लामाले उत्पीडित समुदायमाथि प्रहार गरेर थप पीडा दिएको बताउदै छिटोभन्दा छिटो प्रचण्डको अभिव्यक्ति सच्चिनुपर्ने बताए ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य जयराम दाहालले देशको जिम्मेवार र आशा गरिएको नेताले कुनै जातजाति, भाषाभाषी र संस्कृतिलाई होच्याएर दिएको अभिव्यक्ति खेदजनक र यो निन्दनीय रहेको बताए ।

नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष यदुमान लामाले भने–‘जिम्मेवार नेताले सार्वजनिक ठाउँमा संविधानले वर्जित गरेका भाषा बोल्न अति ब्राह्मणवादीको चिन्तन देखिन्छ । उहिलेको राणा शैली ठ्याक्कै झल्किन्छ । यसर्थ घोर भत्र्सना गर्दै प्रचण्डले माफी माग्नुपर्दछ ।’

साहित्यकार श्रीराम श्रेष्ठले संविधानले वर्जित कुरा आउनु निरंकुशताको पराकाष्ठा हो । यसर्थ अध्यक्ष प्रचण्डले क्षमा माग्नुपर्ने बताए ।

यसैगरी लस एञ्जलस, अमेरिकाबाट साहित्यकार राम अभिनाशीले विभेदकारी अभिव्यक्ति आपत्तिजनक रहेको औल्याए ।

नायिका चाँदनी मोक्तानले भनिन्, तामाङ चेलीमात्रै नभई समग्र चेलीमाथि प्रहार न्यायसंगत छैन । त्यसैले प्रचण्डज्यूले माफी माग्नुपर्ने बताइन् ।

गायिका छिमी मम्बाले अध्यक्ष प्रचण्डले अभिव्यक्ति सच्याउनुपर्ने बताउदै उदाहरण बनाएर यसरी कुनै पनि समुदायमाथि आघात पुग्ने गरी बोल्न नहुने बताइन् ।

संस्थागत प्रतिक्रिया विज्ञप्ति

इतिहासको कालखण्डदेखि नै तामाङ समुदायलाई हेर्ने राज्यको नजर २१ औं शताब्दीसम्म आइपुग्दासमेत अझै परिवर्तन हुन नसकेकोमा तामाङ समुदाय दुखित भएको छ, बहराइन घेदुङले विज्ञप्तिमा लेखिएको छ ।

नेपाल प्रवासी तामाङ समाज कतारले विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘गरिब, शोषित, पीडित एवं विभेदमा पारिएका जनताको मुक्ति र हकअधिकार सुनिश्चितताको लागि सशस्त्र आन्दोलनबाट नेपालको राजनीतिमा स्थापित जिम्मेवार नेताको यस प्रकारको अभिव्यक्तिले सिङ्गो तामाङ समुदायको अपहेलना, जातीय विभेद तथा आत्मसम्मान र तामाङ महिलाहरुको अस्मितामाथि समेत गम्भीर आँच पुगेको छ ।’

नेपालको संविधान २०७२ अनुसार हरेक नागरिक र बासिन्दाहरू समानतापूर्वक शुद्धतामा बाँधिएका छन्, जुन मानव संज्ञता भनिन्छ । मानव हुनु जाति र वर्गको परवाहबिना हामी एकताबद्धतालाई चिन्ता गर्दछौं, जहाँ हामी नेपालमा विश्वव्यापी र हाम्रो विश्वव्यापी सपनालाई समेट्छौं । हङकङ घेदुङले विज्ञप्तिमा लेखिएको छ ।

यसैगरी मकाउ तामाङ घेदुङले पनि विज्ञप्ति जारी गर्दै समुदायको आत्मसम्मानमा ठेस पुगेको प्रति आपत्ति जनाउदै यस प्रकारको संकीर्ण अभिव्यक्ति सच्याउन आग्रह गरेको छ ।

यस्तै एकोहोरो हामीमाथि नै नश्लीय प्रहार र विभेद भइरहने हो भने देखि अब हामी सहेर बस्न सक्दैनौ । सम्पूर्ण तामाङ चुपो लाएर बस्दैनौं, नेपाल तामाङ घेदुङ, मलेसियाले विज्ञप्तिमा लेखिएको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि परम्परागत उखानदेखि तत्कालीन प्रस्तुति भाषा सच्याएर बोल्नुपर्ने संविधानले नै स्पष्ट पारेको छ । मुलुकी अपराध संहिता २०७४ दफा ३०५ गाली बेइज्जती कसुर अन्तर्गत कसैले कसैलाई होच्याउने वा गाली गर्ने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली वा बेइज्जत गरेको मानिनेछ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनेछ ।

दफा ३०५ मा टेकेर दुई जनाले मुद्धा दर्ता गर्ने भएका छन् ।

याे पनि

तपाईको प्रतिक्रिया