राष्ट्रिय चलचित्र पुरस्कारको भव्य तयारी, पुरस्कृत हुनेलाई जनही २५ हजार नगद पुरस्कार

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

चलचित्र विकास बोर्डले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर यही असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ ।

राष्ट्रपति भवन, सितल निवासमा आयोजना हुन गईरहेको पुरस्कार समारोह भव्य बनाउनका लागि विभिन्न तयारी भइरहेको विकास बोर्डले प्रेस विज्ञप्ती मार्फत् जानकारी गरिएको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेकोले यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ ।

यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।

राष्ट्रपति विधादेवी भण्डारीबाट प्रदान हुने पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराउनु भएको छ ।

अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया