केही दिनदेखि लगातार परेका वर्षाको कारण उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् ।
वर्खाको समयमा उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो हो । उच्च भु–भागमा कोदो पाक्न बढी समय लाग्ने र असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादन बढाउन असार महिनामै कोदो रोप्न थालिएको हो ।
समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाईमा धमाधम कोदो रोप्न थालिएको छ । उत्तरी रसुवाको गोल्जुङ चिलिमे र थुमनको बेसी क्षेत्रहरुमा छोम जातको धान न्युन उत्पादन हुने भएको र चिसो पानीमा उत्पादन हुने गर्छ ।
यस्तै दक्षिणी रसुवाको धैबुङ, भोर्ले, लहरेपौवा, डाँडागाउँ, सरमथली र यार्साको प्रायः स्थानहरुमा धान उत्पादन हुने गरेको छ ।
भर्खरै शुरु भएको वर्षाको कारण मुल फुटेपछि किसानहरुले धान रोप्न सुरु गरेको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार रसुवा जिल्लामा जनासंख्या ४३ हजार रहेको र आधाजसो खाद्यान्न परनिर्भर हुनेपर्ने बाध्यता रहेको छ । रसुवाको खेतियोग्य जमिन १२ हजार हेक्टर रहेको छ । राजधानीबाट नजिक नेपाल चीन जोडने रसुवागढी नाका भएकोले व्यापारी र खाद्यान्न बढी खपत हुने गरेको छ ।
जिल्लाकै पहिरेवेशी, दलटार, बेत्रावति, कुडुले, सप्तरी, जललजे, लामासेती, कप्तलीटारका ठाउँहरुमा समय र भु—भाग भएपनि पर्याप्त पानीको अभावमा उत्पादनमा कमी आउने गरेको किसानहरु बताउँछन् ।