साउदीमा कोरोना नयाँ संक्रमित दैनिक सयभन्दा बढी, १६ को मृत्यु

नवराज तामाङ
नवराज तामाङ संवाददाता
7 Shares
साउदी अरेबिया

विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरसबाट साउदी अरेबियामा बुधबार १५७ जना नयाँ संक्रमित थपिएका छन् । यो थपिएसँगै साउदीभरी १ हजार ७ सय २० जना संक्रमित भएका छन् ।

साउदी स्वास्थ्य मन्त्रालयका आइतबार संक्रमित संख्या घटेर ९६ जना पुगेका थिए, भने सोमबारबाट पुन: बढ्ने क्रम जारी रहदा बुधबार १५७ जना संक्रमित भेटिएका हुन् ।

बुधबारसम्म २६४ जना कोरोना संक्रमितहरुको सफल उपचार गरि घर फर्केको र २५ जनाको स्थिति गम्भीर रहेको साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीले जानकारी दिए । बुधबार ६ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको प्रवक्ता अब्दुलालीले बताए । ‘ संक्रमित संख्या खाडी क्षेत्रमा सबैभन्दा बढी साउदीमा देखिएको छ,’प्रवक्ता अब्दुलालीले भने, ‘झण्डै २२ हजार जना क्वारेन्टाइन थिए, त्यसमध्ये आधाको नतिजा नकारात्मक आएपछि घर फर्के, भने १० हजार जनाभन्दा बढी रिपोर्ट पर्खिरहेको छ ।’ उनका अनुसार कोरोनाको संकेत देखिएमा मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा तुरुन्त फोन गर्नसक्ने छन् ।

बुधबार रियादबाट ७, मक्का ५५, जेद्दा ३, मदिना ७८, कतिफ ६, हफुफ ३, तबुक २, तैफ २ र अल हेनकियाहमा १ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका डा. अलीले जानकारी दिए ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले हालसम्म भाइरसबाट नेपाली कामदार संक्रमित नभएको बताए । राजदूत राजपुतले साउदी सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई पालना गर्न नेपालीहरुलाई आग्रह गरेका छन् । राजदूतका अनुसार कर्फ्यु उल्लंघन गरेमा १० हजार रियाल जरिवना र २० दिन जेल सजायसमेत हुनेछन् । साउदी श्रम कानुनको अवज्ञा गरी कामदारको इच्छाविपरीत बिनापारिश्रमिक बिदा बस्न बाध्य बनाइएमा उजुरी दिन सकिने राजदूत राजपुतले बताए ।

‘कामदारले सिधै साउदीको श्रम कार्यालय वा साउदीको हटलाइन १९९११ नम्बरमा फोन गरी गुनासो टिपाउन सकिनेछ । नेपाली दूतावासको हटलाइन (०५५९३८९६००) मा उजुरी दिन सकिनेछ’,राजदूत राजपुतले भने, ‘दूतावासले यहाँका सम्बन्धित कार्यालयसँग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।’ साउदी सरकारले अकामा (परिचयपत्र)को अवधि सकिएमा कामदारले तिर्दै आएको शुल्क लेबी ३ महिनासम्मका लागि माफ गर्ने र नि:शुल्क नवीकरण गर्ने राजदूत राजपुतले जानकारी दिए ।

साउदी अरेबियामा रहेका झन्डै ३ लाख ५० हजारभन्दा बढी नेपालीलाई भने कोरोना संक्रमित नभएको राजदूत राजपुतको भनाइ छ । ‘ केही कम्पनीहरुले नेपालीहरुलाई पनि क्वारेन्टाइनमा राखेको जानकारी पाएको छु’ राजदूत राजपुतले भने,’ कम्पनीले क्वारेन्टाइनमा राख्नु भनेको आफ्नै सुरक्षा गर्नु जस्तै हो, त्यसैले नडराउनुस हामी छौ ।’ राजदूतले साउदीमा रहेका नेपालीहरुलाई निरन्तर दूतावासको सम्पर्कमा रहनपनि आग्रह गरे ।

सम्बन्धित समाचार 

साउदीमा कोरोना संक्रमित १५ सय नाघ्यो, १० जनाको मृत्यु

साउदीमा कोरोनाबाट ८ जनाको मृत्यु, १३ सय संक्रमित

साउदीमा कोरोना हजार नाघ्यो, कर्फ्यु उल्लंघन गर्नेलाई १० हजार रियल जरिवाना

साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु

कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा

साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो

साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक

साउदीमा कोरोना: उच्च सतर्कता अपनाउन दूतावासको अपिल

तपाईको प्रतिक्रिया