कालिकामा आयुर्वेद सेवा प्रभावकारी

रसुवा

कालिका गाउँपालिकाभित्र ग्रामिणबासीहरुले आयुर्वेद औषधीको महत्व बुझेर प्रयोग गर्न थालिसकेका छन् ।

आयुर्वेद शाखा प्रमुख कविराज सुरेन्द्रप्रसाद शर्माका अनुसार आयुर्वेद पद्धतिबाट ग्रामीण भेगका मानिसहरु मेडिकल औषधिमा भन्दा आयुर्वेदिक औषधि पनि राम्रो हुन्छ भन्ने सोचले आज भोली शाखहरुमा भिड भएको छ ।

कालिका गाउँपालिकाको शाखामा करिव आठ महिनाको अन्तरालमा ५ हजार जनाले उपचार गरिसकेका छन् । विस्तारै आयुर्वेदको महत्व बुझेपछि त्यहाँ पनि मानिसहरु उपचारको क्रममा आउने गरेको शर्माले बताए ।

तपाईको प्रतिक्रिया