साउदी अरेबियाका दम्माम, अलकतिफ र अलताईफमा शुक्रबारदेखि कर्फ्यु समय बढएका छन् ।
नयाँ कोरोना भाइरसको संक्रमण कम गराउन आफुहरुले कर्फ्युको समयसीमा बढएको गर्भनरहरुको भनाइ छ । नयाँ जारी आदेशमा शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी ४ घन्टा कर्फ्यु बढाएको जनाएको छ ।
यसअघि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी थिए ।
साउदी आन्तरिक मन्त्रालयका अनुसार सुरक्षा, सैन्य र मिडिया जस्ता महत्वपूर्ण सार्वजनिक, निजी क्षेत्र र स्वास्थ्य सेवामा काम गर्नेहरूलाई कर्फ्युको समयमा छुट हुनेछन् ।
त्यस्तै बिहीबारदेखि साउदी अरेेबियाका धार्मिकस्थल मक्का र मदिनमा अर्को सूचना जारी नगरेसम्मका लागि दैनिक २४ घन्टे कर्फ्यु आदेश जारी गरेका थिए ।
बिहीबारसम्म साउदी अरेबियामा कुल संक्रमित १ हजार ८ सय ८५ पुगेका छन् , भने २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलालीका अनुसार बिहीबारसम्म ३ सय २८ जनाको सफल उपचार गरिसकेका छन् ।
सम्बन्धित समाचार
साउदीमा कोरोना नयाँ संक्रमित दैनिक सयभन्दा बढी, १६ को मृत्यु
साउदीमा कोरोना संक्रमित १५ सय नाघ्यो, १० जनाको मृत्यु
साउदीमा कोरोनाबाट ८ जनाको मृत्यु, १३ सय संक्रमित
साउदीमा कोरोना हजार नाघ्यो, कर्फ्यु उल्लंघन गर्नेलाई १० हजार रियल जरिवाना
साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु
कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा
साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो
साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक