लाङटाङमा बन्यजन्तु अवलोकनका लागि मचान

सरस्वती न्याैपाने संवाददाताा
7 Shares
रसुवा

गोसाइकुण्ड गाउँपालिकाले रेडपाण्डाको बासस्थान रहेको क्षेत्र पोलाङपाटीमा रेडपाण्डा लगायत अन्य बन्यजन्तु अवलोकनका लागि मचान निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार सन् २०१९ लाई पालिका भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन र जंगलमा बसेर वन्यजन्तु हेर्न रुचाउने पर्यटकलाई लक्षित गरि लाङटाङ राष्ट्रिय निकुञ्जमा पहिलो पटक मचान बनाएको हो ।

गाउँपालिकाको सहयोगमा पोलाङपाटीमा रेडपाण्डा संरक्षण उपभोक्ता समितिले करिब १५ लाख लागतमा दुई वटा मचान र ५ किलोमिटर पैदल बाटो समेत बनाइएको छ । ठुलो स्याफ्रु भन्दा माथि चोलाङपाटी र ढोका चेतखर्क रेडपाण्डाको मुख्य वासस्थान क्षेत्र हुन् ।

मचानबाट जंगली जनावर कस्तुरी मृग, बँदेल, भालु, रेडपाण्डा, मृग लगायत वन्यजन्तु र चराचुरुङगी अवलोकन गर्न सकिन्छ । उक्त मचानमा १५ देखि २० जना पर्यटक वस्न मिल्ने छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया