जिल्लाभित्र चल्ने साना तथा ठुला सवारीसाधनहरुबाट ट्राफिक नियम उल्लंघन गर्दा ५ हजार ६ सय ५० कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय रसुवाका प्रहरी सहायक निरिक्षक रामशरण कुमालका अनुसार २०७५ साउनदेखि २०७६ असार २३ गतेसम्म ट्रक, बस, जिप, कार, मोटरसाइकल गरी ५ हजार ६ सय ५० कारबाहमा परेका हुन् । यस्तै यो अवधिसम्म दुर्घटना भई ३ जना वेपत्ता र १९ घाइते भएका छन् ।
जरिवाना स्वरुप ४२ लाख ८ हजार ५ सय तिराइएको छ, सहायक निरिक्षक कुमालले जानकारी दिए । दुर्घटना भएको ट्रक ११ वटा, वस एउटा, कार, जिप ५ वटा र मोटरसाइकल ३ रहेका छन् ।