एनआरएन आइसीसी (NRN ICC) १९-२१ कार्यकालका लागि व्यवसाय राजेन्द्र अर्याल (जोन) ले मध्यपूर्व सहसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेको छ ।
अर्यालले एनआरएन ओमानको पाँचौ महाधिवेशनमा मध्यपूर्व सहसंयोजकमा उम्मेदवारीको घोषणा गरेको हो । हाल उनी एनआरएन साउदीको तर्फबाट आइसीसी सदस्य तथा वैदेशिक रोजगार आप्रवासी कामदार कल्याण समितिका उपसंयोजक हुन् ।
विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यहरुमा संलग्नता रहदै आएका अर्याल सन् २०१३ देखि एनआरएनमा आबद्ध हुन् । सामाजिक कार्य गर्दा अलग्गै महत्व र बढी प्रभावकारी हुने भएकाले जात, धर्म, क्षेत्र, सम्प्रदायमा निहित नभई समग्र वैदेशिक रोजगारीमा काम गर्दै आइरहेका गैर नाफामुखी, कामदार मैत्री संस्थाको रुपमा चिनिने संस्था एनआरएनमा आबद्ध भइ काम गरिरहेक छन् ।
सन् २०१३ देखिको अनुभवलाई निखार्ने र एनआरएनमा आबद्ध अग्रज र सहकर्मीहरू सबैको साथ लिएर मध्यपूर्वका श्रमिकहरुको हकहितका लागि काम गर्ने हेतुले उम्मेद्वारी दिएको अर्यालले स्पष्ट पारे । उनले एनआरएनमा आबद्ध सहकर्मीहरुलाई निर्वाचित गराउन समेत आग्रह गरे ।
पाल्पा रम्भा गाउँपालिका-१,का अर्याल सन् १९९९ नोभेम्बरमा साउदी प्रवेश गरेका थिए । उनले सन् २००४ बाट अल बदर ट्रेडिङ इष्ट कम्पनी दर्ता गरी व्यवसाय सुरु गरेका हुन् ।