‘टाँकीका फूलहरू’माथि अन्तरक्रिया

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

हङकङ प्रवासमा कार्यरत सङ्खुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथा संग्रह ‘टाँकीका फूलहरू’माथि मंगलबार राजधानीमा अन्तरक्रिया सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार गुरुङका कथाहरू एकै बसाईमा पढेर तृप्त हुने खालका रहेका बताए । उनले कथाको भाषा र शैलीले पाठकलाई मोहित तुल्याउने उल्लेख गर्दै हङकङेली नेपाली डायास्पोराबाट अहिलेसम्म यत्तिको सशक्त कथाकृति नआएको पनि दावी गरे ।

त्यसैगरी साहित्यकार अनिल पौडेलले गुरुङको लेखनयात्राबारे चर्चा गर्दै कृतिमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएको बताए ।

कथा संग्रहमाथि सशस्त्र प्रहरी वलका पूर्व आइजीपी दुर्जकुमार राई, प्राज्ञ नन्दु उप्रेती, कवि तथा कथाकार बिना थिङ, गंगाप्रसाद अधिकारी, साहित्यकार टीका चाम्लिङलगायतले समीक्षा गर्दै कथाका भाषा-शैली काव्यात्मक एवं प्रस्तुति सरल तथा सरस भएको बताए ।

संग्रहमा आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, बाटो बिराएको मान्छे गरी १७ वटा कथा समावेश छन् ।

कथामा उनले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको संघर्ष र मानसिक उत्तारचढाव एवं मनोविज्ञानलाई चित्रण गरेका छन् ।

कथा संग्रह भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका