जहाँ नेपाली नोट चल्न थाल्यो…

काठमाडाैं

नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आइसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन् । उनीहरू अधिकांश भारुमै कारोबार गर्छन् । छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ ।

नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो । ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने थाहा भयो । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि धेरैलाई पहिलोपटक नेपाली रुपैयाँ बोक्ने बानी बसाएको छ ।

गाउँमा नेपाली नोट कारोबार हुन थालेपछि बल्ल उनीहरूलाई आफू नेपाली भएको महसुस भएको छ ।

‘सुरुसुरुमा स्थानीयले बैंकलाई पत्याएनन् । विदेशबाट पैसा पठाउनेले एक हजार र पन्ध्र सय पठाएर चेक गर्थे’, शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा भन्छन््, ‘अहिले त तीन लाख रुपैयाँसम्म पनि आउँछ । खाता खोलेका छन् । पैसा खातामै जम्मा हुन्छ । दैनिक २० देखि २५ वटा रेमिट्यान्सकै कारोबार हुन्छ ।’ बैंकले नेपाली नोट चलाउन सिकाएको छ । ‘डिपोजिट गर्न आउने धेरैले भारु ल्याउँथे । बैंकबाट नेपाली निकाल्दा भारु खोज्थे’, देवकोटाले भने, ‘ बैंकले नै उनीहरूलाई नेरुमा सहज बनाइदियो। अहिले त नेपाली सहजै रूपमा लिएर जान्छन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका