विश्वव्यापी महामारीका रूपमा फैलिएका (कोभिड-१९) कोरोना भाइरस साउदी अरेबियामा कार्यरत ४ नेपालीमा संक्रमित पुष्टि भएका छन् ।
शनिबार एक जना र आइतबार ३ जना संक्रमित भेटिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए । राजदूत राजपुतका अनुसार साउदीको स्वास्थ्य मन्त्रालयले पहिलोपटक ४ जना नेपाली कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
दूतावासले संक्रमित नेपालीहरु कुन प्रान्तमा कार्यरत थिए भन्ने खुलाइएको छैन । ‘ साउदी सरकारले स्वदेशी र विदेशी कामदारबीच उपचारमा विभेद छैन, राजदूत राजपुतले भने,’ यहाँ उपचार पद्धति निकै गुणस्तरीय छ । उपचार नि:शुल्क गर्ने सरकारले प्रतिबद्धता गर्नुभएको छ ।’
राजदूत राजपुतले कोभिड-१९ संक्रमित भएका नेपालीहरुका परिवारलाई नआत्तिन आग्रह गरे ।’ बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसँग नियमित संवाद भइरहेको छ, उहाँहरुको अवस्था स्थिर छ,’ उनले भने ।
राजदूत राजपुतले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका कामदारको तीन महिनाका लागि स्वत: नवीकरण हुने बताए । ‘मार्च १८ वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलब्ध हुनेछ । यो व्यवस्थाले साउदीभित्र वा बाहिर भएका सबैलाई समेट्नेछ’, उनले भने,।’
त्यस्तै कर्फ्यू पालना वा उल्लंघनसम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक सञ्जालमा नराख्न राजदूत राजपुतले आग्रह गरे । ‘ यहाँका सरकारले सुरक्षाका लागि जारी गरिएको मापदण्डलाई पालना गर्नुहोस्,’ अन्यथा १० हजार रियाल जरिवना र २० दिन जेल सजाय भोग्नुपर्छ ।’ उनले भने ।
साउदी अरेबियामा आइतबार २०६ जना नयाँ संक्रमित थपिएसँगै साउदीभरी २ हजार ३ सय ८५ जना संक्रमित भएका छन् । हालसम्म ३४ जना कोरोनाबाट मृत्यु भएको र ४ सय ८८ जना संक्रमितहरुको सफल उपचार गरि घर फर्काएको साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल अब्दुलालीले जानकारी दिए ।
सम्बन्धि समाचार
साउदीमा कोरोनाबाट २९ जनाको मृत्यु, संक्रमित संख्या २१ सय नाघ्यो
साउदीमा कोरोना नयाँ संक्रमित दैनिक सयभन्दा बढी, १६ को मृत्यु
साउदीमा कोरोना संक्रमित १५ सय नाघ्यो, १० जनाको मृत्यु
साउदीमा कोरोनाबाट ८ जनाको मृत्यु, १३ सय संक्रमित
साउदीमा कोरोना हजार नाघ्यो, कर्फ्यु उल्लंघन गर्नेलाई १० हजार रियल जरिवाना
साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु
कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा
साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक
साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो
साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक