जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरू उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ । धेरैजसो सामान्य प्रयोगकर्ताहरू जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटीङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत इमेल अकाउन्टमा दिनहुँ अनेक खालका विज्ञापनजन्य इमेलहरू आउने गर्दछन्, जोसँग प्रयोगकर्ताको कुनै मतलब नै हुँदैन । यस्ता इमेलबाट दिक्क लाग्छ हामीलाई ।
त्यस्ता इमेलहरुलाई समयमै डिलिट गरिएन भने इनबक्स नै भरिन्छ । यदि यस्ता अनावश्यक इमेलहरुबाट आफ्नो जिमेलको इनबक्स भरिने समस्याबाट पीडित हुनुहुन्छ र एक-एक गरी त्यस्ता इमेलहरू डिलिट गर्न पनि झण्झट लाग्दछ भने भने पनि चिन्ता नमान्नुस् । किनकि एउटा यस्तो काइदा छ, जसको सहयोगमा तपाईंले आफ्नो जिमेलको इनबक्सका अनावश्यक इमेलहरू आफसेआफ डिलिट हुनेगरी तय गर्न सक्नुहुन्छ ।
अटोम्याटिक रुपमा जिमेलबाट इमेल डिलिट गर्नका लागि तपसिलका उपाय अपनाउनुस्ः
- सबैभन्दा पहिले तपाईंले emailstidio.proबाट आफ्नो जिमेल अकाउन्टमा Email Studio इन्स्टल गर्नुहोस् ।
- जिमेल अकाउन्टमा गएर इनबक्समा एउटा कुनै इमेल ओपन गर्नुहोस्
- त्यहाँ दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गर्ने
- आफ्नो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्ने
- लगइन पछि सूचीमा दिइएको इमेल क्लिनअप अप्सनमा क्लिक गर्ने
- जिमेलबाट तपाईं जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि Add New ruleमा क्लिक गर्न सक्नुहुन्छ
- त्यहाँ New Ruleका रुपमा तपाईंले कुनै खास इमेल आइडीलाई मार्क गर्न सक्नुहुन्छ
- यो प्रकृयाबाट तपाईंले जिमेलमा यस्तो सेटिङ्ग मिलाउन सक्नुहुन्छ जसका कारण कुनै खास इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेल पूर्णरुपमा डिलिट हुन्छन् ।
इमेल स्टुडियोले यसका अलावा अरु पनि केही काम गर्दछ । जसमा मेल मर्ज, इमेल शेड्यूलर, अटो रेस्पोन्डर तथा इमेल फरवार्डर लगायतका सामेल छन् । यदि तपाईं यी सबै सेवाको प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले प्रिमियम भर्सन इन्स्टल गर्नुपर्दछ । जसका लागि वार्षिक रुपमा केही रकम तिर्नु पर्दछ ।