तीन दिन भारी वर्षाको सम्भावना: पूर्वानुमान महाशाखा

काठमाडाैं

बर्षात्को मध्यतिर यतिबेला मौसम अदलबदल भइरहन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीनमा देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली बदलिरहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

असार २५ गते (बुधवार) :  दिउँसो- देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली बदलिरहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केही स्थानहरुमा भारी वर्षाको संभावना छ ।

राती- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलिरहनेछ । देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ । देशको केही स्थानहरुमा भारी वर्षाको संभावना छ । एक दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

असार २६ गते (बिहीबार ): दिउँसो- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलिरहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केही स्थानहरुमा भारी वर्षाको संभावना छ ।

राती- देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलिरहनेछ। देशका अधिकांश भू(भागमा वर्षाको सम्भावना छ । देशको केही स्थानहरुमा भारी वर्षाको संभावना छ भने एक दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।

असार २७ गते (शुक्रबार ): दिउँसो- देशका अधिकांश भू-भागमा बदलिरहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरू र मध्ये र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको संभावना छ ।

राती- देशका अधिकांश भू-भागमा बदलिरहनेछ । देशका पश्चिमी भूभागका केही स्थानहरू र मध्ये र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको संभावना छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका