नागरिक लगानी कोष कर्मचारी बचत बृद्धि अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानीलाई अनलाईन माध्यममार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भएको छ । कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीबाट हुने सम्झौता गरिएको छ ।
उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल र हिमालयन बैंकका तर्फबाट कार्यकारी अपरेटिङ अफिसर मृगेन्द्र प्रधानले हस्ताक्षर गरेका हुन ।
यस सम्झौतापश्चात कोषको भुक्तानी कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ ।
यसका निम्ति ऋृणीले कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले www.connectips.com मा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।