खोलामा डुबेर २ बालकको मृत्यु

बर्दिया
सांकेतिक तस्विर

पौडी खेल्ने क्रममा खोलामा डुबेर गुलरिया नगरपालिका–३ सिरकैयाका विकास बञ्जरा र अनिल बञ्जराको मंगलबार मृत्यु भएको छ ।

घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएका टोली र स्थानीयले खोजी गर्दा दुवै मृत अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराका अनुसार घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया