प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

सैलुङअनलाइन संम्वाददाता
काठमाडाैं

लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईवर्षदेखि बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बीच एम्बेस्डर घोषणा गरेको हो ।

एकवर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले यो आफ्नो लागी ठूलो सफलता भएको बताए । ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो’ प्रकाशले भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।’

कार्यक्रममा डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाणपत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन् । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् ।

तपाईको प्रतिक्रिया