पत्रकारलाई गरेको अपमानको प्रशासनले माफी माग्यो

मालाती मोक्तान संवाददाता
धनकुटा

गत चैत्र २६ गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटामा सुरक्षा सामग्री हस्तान्तरणमा पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ धनकुटाले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गरेपछि प्रशासनले माफी मागेको छ ।

बुधबार साँझ भएको छलफलमा महासंघका निर्वतमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरिलम्जेल सदस्य पूर्ण चौधरी र प्रमुख जिल्ला अधिकारी केशवकुमार विमलीबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो ।

पत्रकारमाथि भएको अपमानमा प्रहरीले गरेको भएपनि आफुले पछि मात्र जानकारी पाएको र सो घटनाको पूर्ण जिम्मेवारी आफुले लिने र अब हुने सबै जिल्लाका गतिविधिमा महासंघमा एकिकृत सुचना प्रदान गर्ने एवं सहकार्य गरेर सर्वसाधरणले पाउने सूचनाको हक पूर्ण रुपमा कार्यन्वयन गर्ने सहमती लिखित रुपमा भएको निर्वतमान अध्यक्ष घिमिरे जानकारी दिए ।

तपाईको प्रतिक्रिया