कतारको दोहामा दोस्रो म्हेन्दोमाया साँझ–२०१९ हुने भएको छ । म्हेन्दोमाया समाज दोहाद्वारा आयोजित साँझमा नेपालबाट आमन्त्रण गरिएका कलाकारहरु आशिक गोङ्बो, सीता लामा र बाविता पाख्रिनको प्रस्तुतिले रंगमय बनाउनेछ ।
समाजले अगष्ट १६ तारिख शुक्रबार दोहास्थित गल्फ प्याराडाइज होटेलमा हुने साँझको तयारी पूरा भएको आयोजकले बताए ।
कार्यक्रममा मनोरञ्जन दिनको लागि तामाङ समाज कतार, म्हेन्दोमाया समाज कतार, तामाङ कलाकार संघ कतारमा क्रियाशिल कलाकारहरु सुन्दर मोक्तान, कुमार ओख्रेली, सिर्चेन तामाङ लगायतको पनि प्रस्तुति रहने आयोजकले जनाए ।
तामाङ समुदायको संस्कृति झल्किने गीत, नृत्यहरू प्रस्तुतिमा रहने समाजका अध्यक्ष प्रकाश मम्ब तामाङले बताए । उनले म्हेन्दोमाया गीतसंगीतलाई विश्वव्यापी बनाउन साँझलाई निरन्तरता दिएको बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1