कतारमा हुन गइरहेको प्रथम बृहत सांस्कृतिक कार्यक्रम-२०१९ को तयारी तिब्र रुपमा अघि बढेको छ । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको कल्याणकारी कोष सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदको अवसर पारेर दोहास्थित ग्राण्ड रिगल होटेलमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताए ।
म्हेन्दोमाया गायक एवं संगीतकार शैलाप वाइबा, मोडल एवं गायिका ऋतु तामाङ, मोडल उषा सुवेदीलाई कार्यक्रममा आमन्त्रण गरेको आयोजकले जानकारी दिए ।
आयोजकका संयोजक हिरे तामाङका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरू नानु घले, रामजी थापा मगरलगायतको प्रस्तुति रहनेछ । तामाङ सांस्कृतिक बाजा डम्फु, टुङ्ना, लामा नाच, कस्र्याेल पोङ लगायत झाँकी प्रदर्शन गरिने कार्यक्रम संयोजक तामाङले जानकारी दिए ।
तामाङ समुदायको भेषभुषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक तामाङले बताए ।
रोजगारीका लागि कतारमा रहेका तामाङ तथा गैरतामाङहरु कार्यक्रममा सहभागी हुने आयोजकले बताए ।