नेपाल तामाङ घेदुङ रौतहटको चन्द्रपुर नगरपालिका-१,को प्रथम अधिवेशन सम्पन्न भएको छ ।अधिवेशन आइतबार सम्पन्न भएको हो । अधिवेशनबाट सुर बहादुर वाइबाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
समितिको उपाध्यक्ष सुमित्रा कुमारी थिङ, सचिव एक्का बहादुर मोक्तान, सहसचिव श्रवण थिङ, कोषाध्यक्ष लालि वाइबा,त्यसैगरी सदस्यहरुमा शान्ता बम्जन, टीका बहादुर भोलन, वीर बहादुर भोलन, शोमा सिह पाख्रिन, शंकर बल र सुकेन्द्र गोले चयन भएको छ । नर बहादुर थिङको संयोजकत्वमा, आइती माया रुम्बा, काली माया थोकर सदस्य रहनेगरी सल्लाहकार समिति बनाएको छ ।
नवनिर्वाचित समितिलाई नेपाल तामाङ घेदुङ संघीय सदस्य खड्ग बहादुर बम्जनले सपत ग्रहण खुवाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेताघेका संघीय सदस्य खड्ग बहादुर बम्जनले शुभकामना दिदै तामाङ समुदाय शिक्षा, आर्थिक, राजनैतिक रुपमा अगाडि आउनु पर्नेमा बताए ।
समारोहमा प्रदेश २,का उपाध्यक्ष यमलाल गोलेले शुभकामना मन्तव्यका क्रममा तामाङ समुदाय एकजुट भई राजनैतिक आन्दोलन गर्नुपर्ने बताए । उनले थपे- समुदायको भाषा, संस्कृति, धर्म, भेषभुषा र लिपी जगेर्ना गर्न गराउन घेदुङको आवश्यक छ ।
नेपाल तामाङ घेदुङ भाषा लिपि तथा प्रशिक्षण बिभागका सदस्य उपेन्द्र गोलेले घेदुङ कहिल्यै गलत नभएको घेदुङका पदाधिकारीहरू गलत गरेकामा संस्थालाई दोष दिनु नहुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेताघेका संघीय सदस्य खड्ग बहादुर बम्जनले तामाङ समुदाय शिक्षा, आर्थिक, राजनैतिक रुपमा अगाडि बढ्नुपर्ने बताए ।