छथरजोरपाटीका सगरमाथाआरोहि तेञ्जी शेर्पा सम्मानित

मालाती मोक्तान संम्वाददाता
धनकुटा

नकुटाकाको छथरजोरपाटी गाउँपालिकाले जिल्लाकै प्रथम सगरमाथा आरोहि तेञ्जी शेर्पालाई सम्मान गरेको छ ।

छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बुधबार एककार्यक्रम बीच शेर्पालाई नगद ५० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा अध्यक्ष लिम्बुले हिमाल आरोहणको शाहासी काम गरेर जिल्लाकै नाम उच्च बनाईदिएकोमा शेर्पालाई बधाई समेत दिए । त्यस्तै सम्मान कार्यक्रममा सहभागिहरुले आगामी दिनमा पनि यस्तो कार्यहरुमा चासो राख्ने व्यक्तिहरुलाई अभिप्रेरित गर्ने कार्यलाई निरन्तरता दिनु पर्ने धारणा रखेका थिए ।

छथरजोरपाटी गाउँपालिका वडा नम्बर ६ का शेर्पाले २० वर्षको उमेरमा गत जेष्ठ २ गते बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको सफलआरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया