२३ घरपरिवारलाई राहतस्वरुप रकम प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काभ्रे

कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न सरकारले गरेको लकडाउनलाई मध्यनजर गरी महाभारत र खानिखोला गाउँपालिका काभ्रेबाट उपत्यका आइ ज्यालादारी काम गरिरहेका मजदुरलाई राहत वितरण गरेको छ ।

शुक्रबार नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ का सभापति एवं पूर्व सभासद तिर्थ लामा र प्रदेश सभा १ (क) का प्रत्यासी उम्मेदवार चन्द्रबहादुर लामा (सिबी) ले संयुक्त सहयोग गरेका हुन् । उक्त राहतबाट मजदुरले दैनिकी खानाको लागि प्रतिव्यक्ति ३ हजार ५ सयका दरले सहयोग रकम प्राप्त गरेका छन् ।

काठमाडौ र ललितपुरमा ज्यालादारी काम गर्दै आइरहेका २३ परिवारलाई सो रकम प्रदान गरेको सभापति लामाले जानकारी दिए ।

रकम हस्तान्तरणमा जिल्ला सदस्य राजु अर्याल र आदिबासी जनजाति संघको क्षेत्रीय सभापति बिलाम मुक्तान लगायत रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका