फरक सोचले नेपाली कागज उद्यमी बनिन् सरिता पाण्डे

सरस्वती न्यौपाने संम्वाददाता
0 Shares
रसुवा

गाउँमै नेपाली कागज उत्पादन गरेर उदाहरणीय काम गरिरहेकी सरिता पाण्डे उनको फार्ममा पुग्ने जो कोहीलाई यसो भन्ने गर्छिन्, ‘गरे के हुन्न र, मिहेनत गर्नु पर्छ सबै थोक सम्भव छ ।’ नेपाली हाते उत्पादन गर्ने धरेलु उद्योग सञ्चालनबाट उनले मनग्गे आम्दानी गरिरहेकी छिन् ।

पाण्डेले २०६५ साल माघ २६ गते सिवाज एग्रिकल्चर इण्डष्ट्रिज प्रा.लि. दर्ता गरिन् र गाउँमै नेपाली हाते कागज उत्पादन सुरु गरिन् ।

उत्तरगया गाउँपालिका– ५ बोगटीटारका पाण्डेले हाते कागज उद्योग सञ्चालन गरेको ११ वर्ष नाघिसकेको छ । नेपाली हाते कागज उत्पादनसँगै उनको आम्दानीको स्रोत पनि बलियो भएको छ ।

उनी सुनाउँछिन्, ‘उद्योग सञ्चालन अघि मेरो कुनै नियमित आम्दानीको स्रोत थिएन र नेपाली कागज उत्पादनमा लागे पछि आफू मात्र होइन अरुलाई पनि रोजगारी दिएकी छु ।’

उनले ६ लाख १४ हजार २ सयको लगानीमा फर्म सुरु गरिन् । उनीसहित श्रीमान र घरपरिवारका अन्य सदस्यहरुले पनि यसै फर्ममा काम गरे । अहिले उनको फर्ममा अरु सात परिवारले रोजगारी पाएका छन् ।

एघार वर्ष अघि सरिता पाण्डेको दैनिकी गाउँका अन्य दिदी बहिनीहरुको जस्तै घरधन्दा, मेलापाल र घाँसदाउरामै सीमित थियो । ‘त्यती बेला घरधन्दा, खेतीपाती र घाँसदाउरामै मेरो समय बित्थ्यो । नगद आम्दानी पनि खासै हुँदैन थियो । पैसाको धेरै दुःख थियो ।’ उनी सम्झिन्छिन्, ‘म ती दिनहरुबाट सन्तुष्ट थिइन । म त्यति बेलादेखिनै सोच्थेँ, महिलाहरु घरधन्दा र मेलपात गरेर मात्र बस्ने होइन कि समाजमा अरुभन्दा बेग्लै परिचय पनि बनाउनु पर्छ ।’

यही फरक सोचले उनलाई उद्यमी बनायो । अहिले उनको हाते कागज उद्योगले वार्षिक ३ लाख भन्दा बढी आम्दानी गर्छन् । कागज उद्योगमा उनी मात्र होइन उनी जस्तै घरायसी महिलाहरु एवं दलित महिलाहरु काम गर्छन् । उनी अरुलाई समेत रोजगारी दिन सकेकोमा खुसी छिन् ।

‘नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने र महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्षसहित कम्पनी सुरु गरिएको हो ।’ पाण्डे भन्छिन, ‘बजारको अभाव छैन । बजारमा नेपाली कागजको माग धेरै छ । माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनौं ।’

नेपाली हाते कागजको बजार काठमाडांैका ठूला व्यापारीक केन्द्रहरु नै हुन् । सरकारी कार्यलयहरुमा लिखतहरु यसै नेपाली कागजमा लेख्ने गर्छन् । त्यसैले पनि यसको माग बढ्दो छ । उत्पादन गर्न सके नबिक्ने भन्ने छँदैछैन । विदेशमा पनि नेपाली कागजको माग धरै छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका