नेपालमा थप ३ जना कोरोना संक्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
वीरगञ्ज

नेपालमा कोरोना भाइरस संक्रमित ३ जना थपिएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुहको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै नेपालमा संक्रमितको संख्या १२ जना पुगेको छ ।

वीरगञ्जबाट गत बिहीबार भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

वीरगञ्ज-२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियाे । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका