सुनसान पशुपति (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनले देश नै सुनसानमा छ । सधैं व्यस्त हुने काठमाडौंका सडक, मठ मन्दिर, स्तुप लगायतका क्षेत्रहरु सुनसान रहेका छन् ।

सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्र देखिन्छन्। सरकारले सभा सम्मेलन मात्रै हैन धार्मिक तथा  सामाजिक कार्यहरू पनि रोकेका छन् ।

पशुपति क्षेत्रका भण्डारखाल, वनकाली, कैलाशडाँडा, मृगस्थलीलगायत उद्यान, सत्तल एवं पाटी पौवामा पनि समूहमा धेरै मानिस उपस्थित नहुन पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई आह्वान गरेका छन् ।

पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज भने सुनसान छन् । दैनिक शव जलाउने घाट अहिले खाली खाली छन् ।

तस्विर : रासस र प्रकाश वाग्ले

तपाईको प्रतिक्रिया