सानिमा र प्रभु क्यापीटलबीच शेयर निश्कासन सम्वन्धि सम्झौता

काठमाडाैं

सानिमा लाईफ इन्स्योरेन्सको सार्वजनिक शेयर निश्काशन गर्ने सम्वन्धि सम्झौता भएको छ । सर्वसाधारणकोे लागि छुटयाइएको शेयर सानिमा लाईफ इन्स्योरेन्स र प्रभु क्यापीटल लिमिटेडबीच सम्झौता भएको हो ।

इन्स्योरेन्स लि.को प्रधान कार्यलय, कमलादीमा आयोजित एक कार्यक्रमबीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र क्यापीटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सर्वसाधारणको लागि जारी गर्ने ६० करोड बराबरको शेयर सार्वजनिक निष्काशन सम्वन्धि बिक्री प्रबन्धक भने प्रभु क्यापीटलले गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुजी १ अर्व ४० करोड रहेकोमा उक्त रकम बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पँुजी नियमनकारी निकाय वीमा समितिले तोकेबमोजीम २ अर्व पुग्नेछ ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका