नक्कली डिएसपी पक्राउ

काठमाडाैं

नेपाल प्रहरीको डिएसपि हुँ भनि ठगी गर्दै हिड्ने एक जनालाई पक्राउ गरेको छ । धादिङ धुनिबेसीका ३८ को राजेन्द्रप्रसाद लुईटेललाई बुधबार सितापाईलाबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक होविन्द्र वोगटीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

लुईटेल चन्द्रागिरी( ३ बस्ने बस्ने बिजय तामाङलाई म सिआईबिमा कार्यरत प्रहरीको डिएसपि हुँ भनी मेरो सेक्युरीटी कम्पनीमा पाँच प्रतिशत सेयर हाल्न १ लाख ६० हजार पर्छ भनि १० हजार लिइसकेको खुलेको छ । अन्य रकम माग गर्दै गरेको अबस्थामा पक्राउ गरी उनको साथबाट रेडियो सेट थान १, सो को चार्जर थान १ र नगद १० हजार बरामद गरिएको छ । अहिले उनलाई ठगी मुद्धामा महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया