चुइँचुइँ पारेर अंकल (भिडियो)

काठमाडाैं
https://youtu.be/-SAuT27fw2A?t=95
PHOTO:

रंगमञ्चदेखि चलचित्रसम्म अभिनय गरेका कलाकार हुन्, उत्तम केसी । उनले करिब २ सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका चञ्चलले स्वभावका केसीले बारीको पाटामा समेत नाटक खेल्ने गरेको अनुभव सुनाए । त्यसबेलाको सामाजिक परिवेशले गर्दा महिला सहभागी साह्रै न्यून हुन्थ्यो । त्यसैले केटा नै केटी बनेर नाटक खेल्नु परेको अनुभूति अभिनेता केसीले व्यक्त गरे ।

२०३८ मा जोइटिङ्ग्रे नाटकबाट रंगमञ्च यात्रा तय गरेका केसीले नेपालका विभिन्न स्थानहरुमा पुगेर अभिनय गरिसकेका छन् । अभिनयकै सिलसिलामा भारतको दिल्ली, उडिसा, कलकत्ता, हैदराबादसम्म पुगेका छन् ।

आदर्श नारीबाट चलचित्रमा डेब्यु गरेका केसीले पुकार, मोहनी, ज्वाला, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल, छक्कपञ्जासहित २ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । अहिले पनि उनको अभिनय निरन्तर रहेको छ ।
हाँस्यभूमिकाबाट चर्चित उत्तम पहिला पहिला कलाकारहरु रंगमञ्चबाट चलचित्रमा आएको बताउँछन् । तत्कालीन समयमा अहिलेको जस्तो सिनेमा व्यापक बन्ने स्थिति थिएन ।

‘रहरै भो’ टेलिफिल्म बनाउने तयारीमा रहेका केसीको चुइँचुइँपारेर थेगो थुप्रै टेलिचलचित्र र चलचित्रहरुमा प्रयोग भएका छन् । यही थेगोबाट उनीलाई बाटोमा हिड्दासमेत चुइँचुइँपारेर अंकल भनि बोलाउने गरेको अनुभव सुनाए ।
विगतमा अरुको चलचित्रमा मात्रै अभिनय गर्ने केसीले ‘मनमनै मन पराए’, ‘लोग्नेमान्छे’ र ‘चिनारी’ चलचित्र निर्माण गरि सकेका छन् ।

रंगमञ्च, चलचित्र र टेलिचलचित्रबाट समाजलाई हँसाउने तर वास्तविक जीवन चाहीँ हाँसेको छ कि छैन ? भन्ने प्रश्नमा केसीले भने, ‘मैले भन्दा पनि मेरो बुबाले चाहीँ धेरै दुःख गर्नुभएको थियो । तर, बुबा चाँडै हामीमाझ रहनु भएन । उहाँले मेरो अभिनय हेर्न पाउनु भएन । सानामै टुहुरा भएकोले बुबालाई मेरो अभिनयले हँसाउन पाएनत्यो नै मेरो अविष्मरणीय क्षण हो ।’

क्यारिकेचरको सन्दर्भमा उनी थप्छन– ‘क्यारिकेचरभन्दा पनि वास्तविकता अभिनय गर्नेतिर लागेको हुँ । मलाई डुप्लिकेट भन्दा पनि वास्तविक अभिनयले गहिराइमा पु¥याउँछ ।’

रंगमञ्च र चलचित्रकोअभिनयमा फरक के हो ? भन्ने सन्दर्भमा उनले यसरी जवाफदिए । ‘अभिनय एउटै हो तर प्रकृति चाहीँ फरक छ । रंगमञ्चमा अभिनय खुल्ला हुन्छ भने चलचित्रमा फ्रेमभित्र मात्रै रहेर गर्नु पर्ने हुन्छ ।’

अभिनेता केसीले विदेशी चलचित्रबाट प्रभावित भएर आयतीत हुबहू कथाहरु उतारेर विगतमा चलचित्र निर्माण हुने गर्थे । हिजोआजभने वास्तविककथाहरु खोजेर निर्माण हुनथालेका छन् । नेपालकै विविधतापूर्ण संस्कृतिलाई उतारेर कथा खोज्न थालेका छन् । यसर्थ पछिल्लो पुस्ताले पनि यस किसिमको कथा वस्तुमा बनेको चलचित्र नै मन पराउने गरेका छन् ।

नेपालको हकमा अभिनयले मात्रै बाँच्न कठिन हुने अभिनेता केसीको ठोकुवा छ ।

तपाईको प्रतिक्रिया