रसुवाका पर्यटकीय नगरीको रुपमा परिचित र सम्भावना रहेका ठाउँहरुमा नयाँ ट्रेकिङ रुटका अध्ययन तथा अनुसन्धान गरेको छ । आमाछोदिङमो गाउँपालिका– ३ गत्लाङमा गाउँपालिकाको सहयोगमा अध्ययन गरेको हो । ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपालले आयोजनामा सञ्जेन उपत्यकाको पर्यटन मार्ग र हिमचुलीको पहिचान तथा सम्भाव्यता अध्ययन कार्यक्रम अन्तरगत असार ११ देखि २१ सम्म भ्रमण वर्ष र नयाँ पदमार्गको अध्ययन गरिएको हो ।
होमस्टे व्यवसायी बिपिन लामाका अनुसार पदयात्राका लागि मैलुङ हुदै हाकु, गत्लाङ, यार्सा, खुर्पु, जयश्वरीकुण्ड, डिल्पोकुण्ड, साङजेन हिमाल वेश क्याम्प हुदै ४ हजार ८ सय मिटर उचाइ भएर चिलिमेको तातोपानी पुग्न सक्ने हुँदा यो रुट सञ्चालनमा ल्याउन जरुरी रहेको छ ।
प्रचारप्रसारको अभावले ओझेलमा परेका यी स्थानहरुलाई चिनाउन अनुसन्धान गरिएको समाजले बताए । साङजेन हिमालको फेदमा डिप्पोकुण्ड भन्ने नयाँ कुण्ड पत्ता लागेको छ । यस अध्ययन अनुुसन्धानका नेपाल पर्यटन बोर्ड, हाइलाईटस टुरिजम डकुमेन्ट्री लिटर र म्याप हाउसको प्रतिनिधिहरुको आएका थिए । यी स्थानहरुमा पर्यटन पदमार्ग समेत सञ्चालन गर्न आवश्यक रहेको होमस्टे व्यवसायी लामाको भनाई थियो ।
पर्यटकीय स्थलको माध्यमबाट जिल्लालाई परिचित गराउन हामी सबै लागी पर्नुपर्ने गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । उनले थपे, हाम्रो जिल्ला पर्यटनको सम्भावना बोकेको हुँदा प्र्रचारप्रसार गरेर चिनाउन आवश्यक छ ।