सशस्त्र प्रहरी बलको नवनिर्मित भवन उद्घाटन

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

सशस्त्र प्रहरी बलको नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय परिसर ककनीमा नवनिर्मित व्यारेक भवनहरुको उद्घाटन संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यता सम्पन्न भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा बिनियोजित बजेटबाट निर्मित भवनहरुको उद्घाटन यही आषाढ २५ गते बुधबार भएको हो ।

भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु सुरज कुमार श्रेष्ठ, राजुराम सुवाल र कविन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु, पूर्व समादेशकहरु, नुवाकोट जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, ककनी गाउँपालिकाका पदाधिकारीहरु, स्थानिय बुद्धिजिवी, पत्रकारहरु तथा उक्त शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोह बीच प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलाअनावरण गरी नवनिर्मित छवटा ब्यारेक भवनहरु समादेशक निवास, सिनियर अधिकृत व्यारेक, जुनियर अधिकृत व्यारेक, बिल्लादार जवान व्यारेक र प्रशिक्षार्थी व्यारेक भवन, ८ वटा हाईपोईन्ट डिउटी पोष्टहरु र ३ वटा पर्खालहरुको स्थलगत अवलोकन गरी भवन निर्माण कार्यमा योगदान पु¥याउने महानुभावहरुलाई प्रशंसापत्र समेत वितरण गरेका थिए ।

कार्यक्रममा मन्तव्यको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी कर्मचारीहरुको बलिदानको स्मरण गर्दै राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपाल सदैव प्रतिवद्ध रहेको र संगठनको सीमित श्रोत साधन र जनशक्तिलाई सुदृढ र बिस्तार गर्दै लैजाने योजना रहेको हुँदा संगठनले अवलम्वन गरेको भ्रष्टाचार, मानवअधिकार उल्लघंन तथा लैङ्गिक हिंसाका घटनामा शून्य सहनशिलताको नीतिलाई मनन गरी आफ्नो जिम्मेवारी पुरा गर्न सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया