नेपाली दूतावास साउदीले आज जुलाई १२ शुक्रबार हुने भनिएको ‘श्रमिक सूचना तथा सचेतना कार्यक्रम’ स्थगित गरिएको छ ।
बिहिवार फेसबूक पेजबाट सूचना जारी गरी अर्को सूचना जारी नगरेसम्म कार्यक्रम स्थगित भएको दूतावासले जानकारी दिएको हो ।
श्रमिक समस्य न्यूनीकरणका लागि दुई दिने भ्रमणमा रहेका नियोग उपप्रमुख दिलीपकुमार पौडेलले पूर्व निर्धारित कार्यक्रम तयारी नपुगेका कारण स्थगित गरेको बिहिवार बेलुका पत्रकारहरुसँगको अनौपचारिक भेटघाटमा पनि बताए । पौडेलले भने, ‘यस भ्रमणको क्रममा श्रमिकका समस्या हल गर्न महामहिम डा. महेन्द्र सिंह राजपुत र आफूले साउदी सरकारी निकायको रोहबरमा अज्मिल कम्पनी लगायतसँग छलफल गरेको र कम्पनीका सञ्चालकहरु सकारात्मक पाएको छ ।’
त्यसैगरी साउदीका लागि नेपाली राजदूत महेन्द्र सिंह राजपुतले पूर्व क्षेत्रमा रहेका विभिन्न कम्पनीका श्रमिकहरुको समस्य र सेवा सुबिधाका बारेमा जानकारी लिएको बताए । राजदूत राजपुत थप्छन्, ‘हाम्रा लागि श्रमिकहरुको सुरक्षा र समस्य मुख्य हुन् । त्यसैका खातिर हामी निरन्तर फिल्डमा छौं । हामी नेपाली श्रमिकलाई फिलिपिन्सको जस्तै सुरक्षित बनाउछौं ।’