गोदावरीको बजेट डेढ अर्ब, सु-शासनमा जोड

ललितपुर

गोदावरी नगरपालिकाले १ अर्ब ५० करोड ३६ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । बिहीबार तेस्रो नगरसभाले पारित गरेको बजेट र नीति तथा कार्यक्रमको सार्वजनिकीकरण गरिएको हो ।

नगरप्रमुख गजेन्द्र महर्जनले चालुतर्फ संघीय सशर्त र सामाजिक सुरक्षा सहित ५९ करोड १७ लाख, प्रदेश र अन्य निकाय राजस्व बाँडफाँड फिर्ता ३ करोड ५० लाख र पुँजीगततर्फ ८७ करोड ६९ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरे ।

नगरको नीति तथा कार्यक्रमले अधिकांश नगरोन्मुख क्षेत्रलाई आर्थिक, सामाजिक र पूर्वाधार विकासका साथै सु–शासनको प्रत्याभूति दिलाउने नगर उपप्रमुख मुना अधिकारीले बताइन् ।

कार्यक्रममा संघीय सांसद पम्फा भुसाल, नवराज सिलवाल, पूर्व अर्थराज्यमन्त्री उदयशमसेर राणा लगायतले बजेटको पूर्ण कार्यान्वयनको लागि शुभकामना दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका