सर्लाहीमा विद्युत अवरुद्ध

राजु तामाङ संवाददाता
7 Shares
सर्लाही
सांकेतिक तस्विर

लगातारको बर्षाका कारण सर्लाहीमा दुई दिनदेखि विद्युत अवरुद्ध भएको छ । हावाहुरीले रुख ढालेपछि चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको ३३ केभी प्रशारण लाइनको तार चुडिएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

विद्युत अवरुद्ध भएपछि यहाँका उद्योगधन्दा लगायत बन्द भएकोे छ । बर्षातको समयमा यस्तो समस्या आइरहने प्राविधिकहरु बताउँछन् । एक ठाउँमा बनायो, अर्को ठाउँमा समस्या आउने गरेको प्राविधिक मोहन श्रेष्ठले बताए । पानीमा भिजेर काम गर्दा विरामी हुने, हावाहुरी, लगातारको पानीले काम गर्न अवरोध गर्दा समस्यामा परेको श्रेष्ठको भनाई छ । प्राविधिक श्रेष्ठले राती ११ बजेसम्म काम गर्दा पनि विद्युत् सूचारु गर्न नसकिएको बताए ।

रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको बिजुलीको प्रशारण लाइनका धेरैजसो जङ्गल क्षेत्र पर्ने भएकाले पानी पर्नासाथ र हावा चल्ने बित्तिकै बिजुलीको तारमा रुखका हाँगाबिँगा खस्दा घण्टौं बिजुली अवरुद्ध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया