देशैभर बर्षाको प्रभाव

काठमाडाैं

अविरल बर्षाले देशका विभिन्न स्थानका ११ जनाले ज्यान गुमाएका छन् । काठमाडौंको मुलपानी घर भत्किदा एकै घरका ३ जनाको ज्यान गएको छ । असारको मध्यबाट सुरु भएको मनसुन अझै केही दिनसम्म सक्रिय भइरहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित छ । यसको साथै मध्य र पूर्वी भूभागमा न्यून चापिय क्षेत्रसमेत रहेको छ । जसले गर्दा अधिकांश भूभागमा बर्षा भइरहेको छ ।

प्राप्त जानकारी अनुसार देशैभर ठुलो धनजनको क्षति भएको छ । अधिकांश ग्रामीण सडक पहिरोले अवरुद्ध भएका छन् । ग्रामीण भेगबाट सहरसम्म आवातजावतको असुविधा बढेको छ ।

मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत जवाङ खोला नजिकै लेदोले सडक पुरिएपछि सडक अवरुद्ध भएको छ ।

पहाडमा परेको भारी बर्षाले तराईलाई डुबानमा पारेको छ । विगतका बर्षमा झै सप्तकोशी लगायतका नदीहरुमा पानीको बहाव बढेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले मेची, निन्दा, विरिङ,सुनसरी खोला, त्रियुगा लगायतका साना नदीहरू आसपासमा सतर्क रहन सूचना जारी गरेको छ । पहाडी क्षेत्रमा अवस्थित विमानस्थलहरु अवरुद्ध भएका कारण यात्रुलाई समस्या परेको छ ।

त्यसैगरी त्रिभुवन विमानस्थलको धावन मार्गमा यति एयरको विमान चिप्लिएर नियमित उडान र अवतरणमा अवरोध भएको छ ।

मानो खाइ मुरी उब्जाउने किसानलाई भने खुशी थपिएको छ । असार सकिने लाग्दा समेत कतिपय ठाउँमा धानका व्याड सुकिसकेका थिए । तर वर्षाले ल्याएको क्षणिक खुशीलाई बाढीले बगाएपछि पीडा थपिएको छ ।
किसानले उत्पादन गरेका कृषिजन्य उपज बजारसम्म पुर्याउन नसक्दा मारमा परेका छन् ।

हावाहुरीसँगै आएको वर्षाले कतिपयको घर छानो उडाएर विल्लिबाठ बनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका