गोसाईकुन्ड गाउँपालिका–२ टिमुरेको खैदीमा हरेक वर्ष मनाइने ङाबा छेजु मेला सम्पन्न भएको छ ।
समुन्द्री सतहवाट करिव २५ सय मिटर उचाईमा रहेको यस गुम्बामा बर्सेनी असार २६ गतेका दिन लाग्ने मेलामा माने नाच नाच्ने गरिन्छ ।
गुरु पद्यसम्भवले एकै रातमा याकलाई ढुङ्गा र कमिलालाई माटो ओसार्न लगाएर उज्यालो हुनु अगावै यो गुम्वा बनाइएको किम्वंदन्ती रहेको टिमुरेका स्थानीय उर्गेन घलेले बताए ।
यो माने करिब ४ सय वर्षअघि निर्माण गरिएको मानिन्छ । टिमुरेबाट ३ घण्टामा पुग्न सकिने गुम्बाको प्रचारप्रसार नहुँदा ओझेलमा परेका स्थानीय उर्गेनले बताए ।