कोरोना भाइरसको संक्रमणबाट जोगिन पालना गर्नैपर्ने ६ स्वच्छताका ब्यवहारहरु

काठमाडाैं

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट विश्व समुदाय सन्त्रस्त छ। आम नागरिक सुरक्षित हुनका लागि क्वारेन्टाइन र आइसोलेसनमा बस्ने क्रम जारी छ भने सरकारले अनिवार्य लकडाउन कार्यान्वयनमा ल्याइएको छ ।

अहिलेसम्म औषधि तथाआवश्यक भ्याक्सिन पत्ता लागी सकेकाे छैन् । तत्काल यो महामारीको प्रभाव र अस्तित्वबारे अनुमान मात्र लगाउन सक्ने अवस्था छ।

कोरोना भाइरस संक्रमणको जोखिममा हरेक उमेर समूहका  मानिसहरूमा रहेको विशेषज्ञहरू बताइरहेका छन्। यसको अर्थ हो, कोभिड-१९ बाट कोही पनि अछुतो हुनसक्ने सम्भावना छैन र कोही पनि सुरक्षित छैनन् ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन पालना गर्नैपर्ने ६ स्वच्छताका ब्यवहारहरु यहाँ यस प्रकार सिफारिस गरिएको छु ।

१) हात मिलाउन पुरै बन्द गर्ने। बदलमा नमस्कार गरेर पनि सौहद्रता प्रस्तुत गर्न सकिन्छ ।

२) घरबाट निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने । मास्क लगाइसकेपछी हातले मास्कलाई छोइरहने भने गर्नु हुन्न । प्रयोग गरेको मास्कलाई बढीमा एक दिनभन्दा बढी प्रयोग गर्नु हुन्न । नत्र यसैबाट सन्क्रमण हुने सम्भावना रहन्छ । प्रयोग पश्चात मास्कलाई सुरक्षित फाल्ने वा धोएर पुनस् प्रयोग गर्ने गर्न सकिन्छ । यसै पनि मास्क बजारमा अभाब भाको बेलामा धोएर पुनस्प्रयोग पनि उचित रहन्छ ।

३) सबैभन्दा उत्तम त घरबाट बाहिर निस्कदै ननिस्कनु हो । तर यो सधै सम्भव नरहन सक्छ । त्यसैले अत्यावश्यक कामले निस्किहाले भने पनि भिडभाड नगर्ने वा भिडभाडमा जादै नजाने गर्नुपर्दछ र अनिवार्य १ मिटरको भौतिक (सामाजिक) दुरी कायम गरेर मात्र कारोबार गर्ने गर्नुपर्दछ ।

४) नियमित रुपमा साबुन पानी वा अल्कोहोल स्यानिटाइजरले पुरै हात सफा गर्ने गरौं। र साथै, दैनिक जीवनका सामाग्रीहरु जस्तै, मोबाईल, पर्स, किप्याड, चाबीको झुप्पा, आदिलाई पनि स्यानिटाइजरले राम्ररी बेला बेलामा सफा गर्ने गरौं ।

५) राम्ररी नधोईएको हातले नाक, मुख र आँखा छुने कामहरु झुक्केर पनि नगरौ। खोक्दा वा हच्छिउ गर्दा कुहिना वा टिस्सु वा रुमालले मुख छोप्ने गरौ ।

६) बिरामी ब्यक्तिहरुबाट टाढै बस्ने प्रयास गरौं ।

साथै, अनावश्यक हल्लाको पछी नलागौं। यसले अनावश्यक चिन्ता र डरमात्र पैदा गर्दछ। बरु भरपर्दो स्रोतहरु पहिल्याएर, सोही स्रोतबाट मात्र जानकारी लिने गरौं ।

लेखक  जनस्वास्थ्य स्वच्छता विज्ञ हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका