उपचारका क्रममा जर्मनमा मृत्यु भएकी मिङमा डोमा शेर्पाको शव पठाउनका एनआरएनए जर्मनले अपिल गरेको छ ।
जुलाई ६ मा मृत्यु भएका शेर्पाको शवलाई नेपाल पठाउन झन्डै ७ हजार युरो लाग्ने भएपछि एनआरएनएका अध्यक्ष बिजय मोक्तानले विभिन्न संघसंस्थाहरुलाई सहयोगको लागि अनुरोध गरेको जानकारी दिए । अध्यक्ष मोक्तानले अनुसार शवलाई नेपाली दूतावासको रोहवरमा तोकिएको समयमा नबुझेको खण्डमा बेवारिस ठहर गरी स्थानीय सरकारलेनै दाहसंकार गर्ने प्रचलन रहेको बताए ।
वैदेशिक रोजगारमा मृत्यु हुने श्रमिकहरुको शवलाई नेपाल सरकारको खर्चमा नेपाल पठाउने व्यवस्था छ । तर स्व: शेर्पाको हकमा नेपाली दूताबास जर्मनले बजेटको अभावका कारण देखाई उनी कार्यरत साईप्रस हेर्ने नेपाली दूतावास इजरायलसँग शव पठाउन समन्वय गरिरहेको जर्मनी दूतावासले जानकारी दिएको अध्यक्ष मोक्तानले बताए ।
दोलखा घर भएकी साइप्रसमा कार्यरत बोनम्यारो ग्रसित स्व: शेर्पा उपचारका लागि डेढवर्ष अघि जर्मनको बर्लिनलमा पुगेकी थिइन् ।