दक्षिण कोरियामा सन् २०२० को लागि न्युनतम तलब २.९० प्रतिशतले बढेको छ । अब मासिक न्युनतम तलब बढेर १७ लाख ९५ हजार ३ सय १० वन (नेपालीमा लगभग १ लाख ७५ हजार) पुगेको छ ।
न्युनतम तलब पाउन महिनामा २०९ घण्टा काम गर्नुपर्नेछ । प्रति घण्टा ८ हजार ३ सय ५० वनमा बढेर ८ हजार ५ सय ९० वन पुगेको छ । प्रति घण्टा २ सय ४० वन बढेको हो । बढेको ज्याला आगामी जनवरी देखि लागू हुने छ ।
बिहीबार राति कोरियाको सेजुङमा बसेको तलब निर्धारण समितिको १२ औं बैठकले तलब बढेको निर्णय गरेको हो । यसअघि पटकपटक समिति र मजदुर युनियनको बैठक अबरूद्ध हुदै आएको थियो ।
अहिले न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ । यसअघि बैठकहरूमा मजदुर संगठनहरूले न्यूनतम ज्याला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका थिए । अघिल्ला बैठकहरूमा १० हजार घटाउने प्रस्ताव अघि सारेका थिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1