फ्रान्समा गुगल र फेसबुकले कर तिर्नुपर्ने

काठमाडाैं

फ्रान्सको संसदले नयाँ करसम्बन्धी विधेयक पारित गर्दै गुगल र फेसबुकलाई पनि कर लगाउन नयाँ कानून बनाउने भएको छ ।
यो कानुन बनेपछि फ्रान्सभित्रै मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीले नयाँ कर तिर्नुपर्ने हुन्छ ।

फ्रान्सले बनाउन लागेको कानुनप्रति आपत्ति जनाउदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस विषयमा अनुसन्धान गर्न आफ्नो प्रशासनलाई आदेश दिएका छन् । ट्रम्पका व्यापार प्रतिनिधिले भने, ‘अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करबारे अमेरिकाको चासो धेरै रहेको छ ।’ विधेयक पारित भएपछि गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर तिर्नुपर्ने भएकाले ट्रम्पले यसको अनुसन्धान गर्न भनेका हुन् ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले आपत्ति जनाउदै विज्ञप्ति निकालेको छ । ‘राष्ट्रपति ट्रम्पले हामीलाई यो विधेयकको विषयमा अनुसन्धान गर्न निर्देशन दिनु भएको छ । यो विभेदकारी अथवा अन्यायपूर्ण र अमेरिकी व्यापारमाथि बोझ अथवा प्रतिबन्धात्मक किसिमको कानुन त बनाइएको हो वा होइन त्यसको निर्धारण गर्न भन्नु भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

नयाँ कानुन कार्यान्वयनमा आउँदा करिब ३० मध्ये विशेषगरी अमेरिकी कम्पनीले कर तिर्नुपर्ने हुन्छ । प्रत्यक्ष नदेखिने र आफ्नो भूमिभन्दा बाहिर पनि प्रभाव रहेका डिजिटल अर्थतन्त्रबाट मुलुकहरूले अर्बौ कर गुमाइरहेको बढ्दो जनचासोले गर्दा फ्रान्स सरकारले यो कदम चालेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया